स्याङजा माझकोटमा बृहत निशुल्क स्वास्थ शिविर हुदै

भुपाल गुरुङ,
पोखरा, ९ मंसिर ।

“शिक्षा, स्वास्थ्य र पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ स्याङजाको माझकोटमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

स्याङजाको वालिङ नगरपालीका वडानम्बर ३ माझकोट वडा कार्यालयको प्राङगणमा मंसिर १६ गते हुने शिविरमा आँखा, दाँत, महिला, बाल तथा मुटु रोग सम्बन्धि चेकजाँच हुने बताएको छ । सम्बन्धित रोगका चिकित्सकहरुबाट चेकजाँच हुने शिविरमा वालिङ ३ अन्र्तगत माझकोट, सिँगारकोट, तल्लोखाल्टे, बुढाकोट, रानीस्वारा, बाँङखे, खरिचौर, कट्केरी, छापा, रयाले लगायत नजिकका वडा तथा गाँउका व्यक्तिहरुले स्वास्थ्य लाभ लिन सक्ने शिविर कार्यक्रमका संयोजक लोकेन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासी, कोल्डाँडा, राम्चे, छापा र माझकोट लगायत विद्यालयका विद्यार्थीहरुलाई समेत चेकजाँच गर्ने भएकाले करिव ५ सय जनाले स्वास्थलाभ लिने छन् ।

शिविरमा गम्भिर रोग तथा अप्रेसन गर्नुपर्नेहरुका लागि भने सम्बन्धित अस्पतालले केहि प्रतिशत छुटमा गर्ने प्रतिवद्धता जनाएको संयोजक गुरुङले जानकारी दिनुभयो । “शिविरमा गम्भिर रोग र अप्रेसन नै गर्नुपर्ने भएमा अस्पताल संग समन्वय गरेर गरिनेछ” उहाँले भन्नुभयो “कति प्रतिशत सम्म छुट दिने भन्ने बारे अस्पताल संग समन्वय भईरहेको छ” । शिविरमा चेकजाँच पश्चात रोग पत्ता लागेका व्यक्तिहरुलाई वालिङ नगरपालीकाको सहयोगमा निशुल्का केहि औषधी समेत वितरण गर्ने बताएको छ । स्याङजा माझकोट शिवालय सम्पर्क समिति पोखराले आयोजना गरेको शिविरमा कास्की सेवा हस्पिटल पोखरा, हिमालय आँखा हस्पिटल पोखरा, कान्तिपुर डेन्टल हस्पिटल पोखराको प्राविधिक सहयोग रहेको छ भने वालिङ नगरपालीका वडा नम्बर ३ कार्यालय, माझकोट स्वास्थ्य चौकी र कालिका आमा समुह बुढाकोटले सहयोग गरेको छ ।

Advertisment