अन्धाविश्वास माथीको प्राहार “घेरो” पोखरामा मञ्चन

भुपाल गृरुङ,
पोखरा, २० मंसिर ।

नेपाली समाजमा रहेका कुरीति वा आन्धाविश्वासलाई केन्द्रमा राखेर युथ क्रिएशन थिएटरले तयार पारेको घेरो नामक लोकनाटक पोखरामा मञ्चन भएको छ ।

वालन शैलीमा तयार गरिएको नाटकलाई पत्रकार माझ बुधबार पोखरा थिएटरमा मञ्चन गरिएको हो । नाटकमा झाँक्री प्रथाबाट प्रताडित हुनुपरेको अवस्थालाई चित्रण गरिएको छ ।
मंसिर २१ देखि २९ गते सम्म दैनिक मञ्चन हुने घेरो नामक लोकनाटक केदार पौडेलले लेखेका हुन् भने कपिल शर्माले निर्देशन गरेका छन । यस्तै नाटकमा मधुसुदन पौडेलले भजनको रचना गरेका छन । समाजमा ससाना कुराहरुमा महत्व नदिँदा भोग्नुपरेको ठुला समस्यालाई नाटकिय रुपमा उतारिएको लेखक पौडेलले बताए । कुरीति र अन्धाविश्वासले नेपाली समाजमा जरा गाँडेको भन्दै त्यसलाई निमिट्यान्न पार्न सके मुलुकले फड्को मार्नेे उनको बुझाई छ ।

सामान्य विषयलाई गम्भिर शैलीबाट नाटकलाई प्रस्तुत गरिएको नाटक निर्देशक शर्माले भने । “हामीले अलिक फरक शैलीमा यो नाटकलाई प्रस्तुत गरेका छौँ हामी कति सफल भयौँ या असफल भयौँ त्यो छुट्याउने जिम्मा दर्शकलाई नै सुम्पिएका छौँ ।”

नाटकमा केदार पौडेल, सञ्जय न्यौपाने, लक्ष्मण डुम्रे, ममता मञ्जुल, रामहरि अधिकारी, एनिका सापकोटा, अञ्जना पौडेल, मधुसुदन पौडेल, ताराखर पौडेल, विनोद पौडेल लगायतले अभिनय गरेका छन् । । रामहरि अधिकारी “प्रसुन”को सेट डिजाइन रहेको नाटकमा विभु भुषालले प्रकाश संयोजन गरेका छन् । बेलाबेला पोखरेली रंगमञ्चमा नाटक मञ्चन गर्दै आएको युथ क्रिएशन थिएटरको घेरो नाटक छेटाँै प्रस्तुती हो ।

Advertisment