राष्ट्रिय भुमि अधिकार मञ्च नेपालको पाँचौ महाधिवेशन पोखरामा हुदै

भुपाल गुरुङ,
पोखरा, २५ फागुन ।

राष्ट्रिय भुमि अधिकार मञ्च नेपालको पाँचौ महाधिवेशन पोखरामा हुने भएको छ ।

“सुरक्षित घरवास सबैलाई, खतियोग्य जमिन किसानलाई” भन्ने मुल नाराका साथ यहि फागुन २७, २८ र २९ गते पोखराको सभागृहमा महाधिवेशन हुने शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । तिन दिन सम्म चल्ने महाधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको समेत बताएको छ ।

महाविधेशनमा ५९ जिल्लाका करिव ५ सय जना प्रतिनिधीर पर्यवेक्षक सहभागी हुने राष्ट्रिय भुमि अधिकार मञ्च नेपालका अध्यक्ष ल्याम बहादुर दर्जीले बताउनुभयो ।

भुमि अधिकारबाट वञ्चितहरु नयाँ उचाईमा संगठित भएर भुमि अधिकारका निम्ति भईरहेको अभियानलाई पालिका, प्रदेश र राष्ट्रिय तहमा व्यापक र गुणात्मक बनाउनु अनिवार्य बनेको भन्दै महाधिवेशनले त्यसबारे रणनिति तय गर्ने उहाँले बताउनुभयो । भुमि संग सम्बन्धित अन्याय र अनेकन समस्या बाँकी रहेसम्म गरिव किसानको जीविकोपार्जन एवम प्रगति अनि कृषिको गुणात्मक फड्को मार्न असम्भव रहेको उहाँको जिकिर छ ।

फागुन २७ गते महाधिवेशन उद्घाटन पुर्व पोखरा ६ गाइघाट बैदम देखि पोखरा सभागृह सम्म ¥याली, फागुन २८ गते वत्र्तमान परिवेशमा भुमि अधिकार सामाजीक आन्दोलन र संगठन विकासबारे प्रशिक्षण एवम छलफल र फागुन २९ गते लोकतान्त्रिक पद्धतिबाट अगामी ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गरि महाधिवेशन सम्पन्न हुने अध्यक्ष दजीले जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन पुर्वप्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । भने नेपाली कांग्रेसका नेता एवम पुर्वअर्थमन्त्री डाक्टर रामशरण महत र भुमि व्यवस्था सहकारी तथा गरिवी निवरण मन्त्री पद्मा आर्यालको विशेष उपस्थिती रहने राष्ट्रिय भुमि अधिकार मञ्च गण्डकी प्रदेशका सचिव आस बहादुर गुरुङले जानकारी दिनुभयो ।

Advertisment