प्हच्यु तमु साँगितिक साँझको तयारी पुरा

भुपाल गुरुङ,
पोखरा, २६ फागुन ।

प्हच्यु तमु परिवार नेपालको आयोजनामा पोखरामा हुने प्हच्यु तमु साँगितिक साँझ २०७५ को तयारी पुरा भएको छ ।

प्हच्यु तमुको वंशावली तयार गर्ने, तमुको मौलिक संस्कृतिलाई उजागर गर्दै अग्रज र नव श्रष्टा बिचको हातेमालो, प्हच्यु तमुको उदगम स्थलको पहिचान गरि संरक्षण सम्बद्र्धन र प्रचारप्रसार, चुड्का, सालैजो, सोरठी घाँटु लगायत मौलिक गीत नृत्यको संरक्षण र प्रर्दशन गर्ने उद्देश्य राखि चैत्त १ गते आयोजना गर्न लागिएको प्हच्यु तमु साँगितिक साँझको तयारी पुरा भएको पोखरामा पत्रकार सम्मेलन गरि प्हच्यु तमु परिवार नेपालका सचिव खड्ग बहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रमका लागि मञ्च सजावट बाहेक सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।

देश विदेशमा छरिएर रहेका प्हच्यु वंशीय तमुहरुलाई एकबद्ध गर्न स्थापित संस्थाले पोखरा सभागृहमा आयोजना गर्ने साँगितिक साँझमा करिव १ दर्जन प्हच्यु तमु कलाकारहरुको प्रस्तुती रहने बताएको छ । कार्यक्रममा दोहोरी गायिका शर्मिला गुरुङ, दुर्गा गुरुङ, सविना गुरुङ, भीमु गुरुङ, निशा गुरुङ, आधुनिक गायक दुर्गा गुरुङ, राजु गुरुङ, सागर गुरुङ, शंकरविरहि गुरुङ, गमन गुरुङ, शिव गुरुङ लगायत प्हच्यु परिवारमा रहेका कलाकारहरुले प्रस्तूति दिने चलचित्र निर्देशक कलाकार प्रितम गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न करिव ७ लाख खर्च लाग्ने र १० लाखको आम्दानी गर्ने आयोजकले अनुमान गरेको छ । कार्यक्रमबाट बचत रकम अशक्त तथा असहाय विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग गर्ने बताएको छ । भावी सन्ततीलाई पुस्तागत सम्बन्धमा एकताबद्ध गरी नाताको पहिचान गराउने, समग्र बन्धुहरुलाई सामाजीक, धार्मिक, र साँस्कृतिक क्षेत्रका कार्यमा पारस्परिक सम्बन्ध कायम राख्न सहयोग पु¥याउने र आफ्नो पृथक एवम विशिष्ट पहिचानको अस्तित्वलाई सर्वव्यापक तथा युगान्तकारी बनाउने जस्ता दुरगामी लक्ष्य लिएर विंस २०७० सालमा संस्थाको स्थापना भएको थियो ।

Advertisment