खुदीखोला सुकुम्बासी बस्तीले २१ औं स्थापना दिवस मनायो, सुकुम्वासीलाई अधिकार दिलाउने नेकपा नेताहरुको प्रतिवद्धता

पोखरा, २९ फागुन ।

पोखरा महानगरपालिका वडा नं. ३२ स्थित खुदीखोला सुकुम्बासी बस्ती संरक्षण समितिले आफ्नो स्थापनाको २१ औँ वार्षिकोत्सव कार्यक्रम भव्यता साथ मनाएको छ ।

संस्थाले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले नयाँ संविधान अनुसार कोहि पनि सुकुम्वासी बन्न नपर्ने बताउनुभएको छ । नेता अधिकारीले नेपालको संविधानमा अब कुनै दलित, सुकुम्बासी बन्नु नपर्ने कानुनको निर्माण भैसकेको बताउँदै अबको ५ वर्ष भित्र कुनैपनि नेपालको नागरिक दलित, सुकुम्बासी हुनुनपर्ने बताउनुभएको हो । उहाँले कृषि योग्य जग्गालाई प्लाटिङ गर्न नपाईने कानुन बनिसकेको बताउँदै सबै सुकुम्बासीलाई कृषिमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।

त्यसैगरी गण्डकी प्रदेश सांसद एवम नेकपा नेता दिपक कोईरालाले जग्गा बिहीन सुकुम्बासीलाई सरकारले तत्काल लालपुर्जा दिलाउँनुपर्ने बताउँदै संविधानमा उल्लेख भैसकेको कुरालाई नाईनास्ती गर्न नमिल्ने ठहर गर्नुभयो । उहाँले संविधान उल्लेख भएको कुरालाई कार्यन्वयन गर्नुपर्ने बताउँदै सुकुम्बासीका हकहित विरुद्ध कसैले आवाज उठाए कडा कारवाहि हुने बताउनुभयो । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सुकुम्बासीहरुका समस्यालाई वडा कार्यालयले संम्बोधन गर्नुपर्ने बताउँनुभयो । पन्जीकरणका ५ कार्य जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराईँ दर्ता र मृत्यु दर्ता जस्ता कुरामा वडा कार्यालय सिफारिस दिनुपर्ने बताउँनु भयो । त्यसै गरी अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव अर्जुन मल्लले सुकुम्बासीहरुले खेप्दै आएका दशकौ देखिको समस्या जनप्रतिनिधिहरुले हल नगरे त्यस विरुद्धमा उत्रिने कडा चेतावनी दिनुभयो । नेकपा नेता राजकाजी गुरुङ (करण) ले सुकुम्बासीको हितमा सधैँ लाग्ने र सुकुम्बासी हक, अधिकारका लागि सजग बनी सुकुम्बासी बस्तीको विकासलाई डटेर लागिने बताउँनुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले सुकुम्बासी बस्तीका नागरिकमा कार्यसम्पादन गर्न कठिनाई भएको जिकिर गर्नुभयो । काकील्े जन्म दर्ता, मृत्यु दर्ता, विवाह तथा बसाई सराई दर्ता गर्दा सचिवले प्रदेश सरकारले बनाएको नियममा चल्नुपर्ने भएकाले कठिनाई भएको बताउनुभएको हो ।आराधना टोल विकास संस्था खुदीखोलाका अध्यक्ष भुपेन्द्र राना मास्की मगरले वडा कार्यालयले सुकुम्बासी बस्तीका बासिन्दालाई सिफारिस नदिएको गुनासो गर्नुभयो । हामी बेला–बेलामा विवाह दर्ता, बसाईसराई वा जन्म दर्ता जस्ता कुरा लिएर जाँदा वडा कार्यालय सिफारिस नलिएको उहाँको गुनासो छ ।

कार्यक्रमका मुल संयोजक जेबी घलेले जनप्रतिनिधीले माग र समस्यालाई बुझ्नुपर्ने बताउँदै सुकुम्बासी बस्ती संरक्षण तथा विकासका लागि वडा कार्यालय, दलका नेता तथा जनप्रतिनिधीहरु गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानिय अगुवा विशाल बाँस्तोला, बलराम तिमिल्सेना, जगत परियार, रुपेस परियार, सुक बहादुर परियार लगायतले सुकुम्बासी समस्याहरु बारे बोल्नुभएको छ थियो ।

Advertisment