“सेफ अफ दि इयर” का लागि गण्डकीबाट पुर्णभक्त र विशेषमान छनोट

 

भुपाल गुरुङ,
पोखरा २ असार ।

मुलुकभर लुकेर बसेको प्रतिभालाई उत्प्रेरित गर्दै नयाँ र मौलिक क्षमता वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको सेफ अफ दि इयरका लागि गण्डकी प्रदेशबाट दुई जना छनोटमा परेका छन् ।

प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परिक्षण समिती, नेपाल व्यावसायिकता योग्यता निर्धारण प्रणाली परियोजना, स्विस कन्टयाक्ट तथा नेपाल सरकार र स्विस सरकार बिकास सहयोगद्वारा संयुक्तरुपमा नेपाल मै पहिलो पटक आयोजना गरेको राष्ट्रिय पाककला प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पुर्णभक्त दाहाल र विशेषमान बुद्धचार्य छनोटमा परेका हुन् ।

पोखराको गेट भोकेशनल फ्याब स्कुलमा भएको छनोट प्रकृयामा गण्डकी प्रदेशका विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत करिव २२ जना कुकहरुको सहभागीता थियो । प्रतियोगीताको गण्डकी प्रदेश छनोट चरणमा प्रमुख पाकसास्त्री सेफ राजकुमार लामा र सेफ राजेन्द्र पौडेलले अन्तरबार्ता र सीपकला परिक्षणका माध्यमबाट पुर्णभक्त र विशेषमानलाई छनोट गरेका हुन् ।

गण्डकी प्रदेशबाट छनोट भएका दुवै जनाले यहि असार ६ गते पोखराको गेट भोकेशनल फ्याब स्कुलमा हुने फाइनल प्रतियोगीतामा सहभागिता जनाउनेछन् । सातै प्रदेशबाट अन्तिम १४ मा पर्न सफल प्रतियोगीहरु बिच प्रतिष्पर्धा गराई यस वर्षको सेफ अफ द इयर घोषणा गरिने छ । प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख, द्धितियले नगद ७५ हजार र तृतिय हुनेले नगद ५० हजार सहित विभिन्न उपहार प्राप्त गर्ने गेट भोकेशनल फ्याब स्कुलका प्रबन्धक विवेक पौडेलले जानकारी दिए ।

Advertisment