मृगौला पिडित सन्छारीलाई स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको सहयोग

भुपाल गुरुङ,
पोखरा, ३० साउन ।

स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले दुवै मृगौला फेल भएर उपचार गराइरहनुभएकी वालिङ ३ बुढाकोटकी सन्छरी गुरुङलाई सहयोग रकम हन्तान्तरण गरेको छ ।

समाजले दक्षिण कोरियामा रहेका नेपालीहरुबाट संकलित १ लाख ५२ हजार ५ सय ७ रुपैयाँ नगद विहिबार पिडित सन्छरी र उनका छोरा खुम बहादुर गुरुङलाई हन्तान्तरण गरेको हो । स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरिया समाजका सल्लाहकारद्धय डि.बि. गुरुङ र खुशी गुरुङ, संस्थापक सचिव धन गुरुङ, संस्थापक कार्यसमिति सदस्य प्रेम गुरुङ , बुढाकोट, खैरीचौर समाज पोखराका अध्यक्ष विष्णु गुरुङ, सल्लाहकार गणेश गुरुङ, सञ्चारकर्मी लोकेन गुरुङ, सहयोग संकलन अभियानका संयोजकको धर्मपत्नी उमा गुरुङ र बुढाकोट, खैरीचौर समाज पोखराका अन्य पदाधिकारीहरुको उपस्थितिमा रकम हन्तान्तरण गरिएको समाजका संस्थापक सचिव धन गुरुङले जानकारी दिनुभयो ।

समाजले कार्यसमिति सदस्य दिलिप गुरुङको संयोजकत्वमा सहयोग रकम संकलन अभियान समिति नै गठन गरेर आर्थीक संकलन गरेको थियो । ६४ वर्षिया सन्छरी गुरुङले हाल पोखरामा डाइलोसिस गरिरहनुभएको छ ।

Advertisment