कराँते प्रतियोगितामा पुरुष तर्फको खेल सम्पन्न ,ककस्ले मारे बाजी !

पोखरा, १४ भदौ
नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा पोखरा रंगशालामा शुक्रबार प्रथम राष्ट्रव्यापी खुला फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ ।  १७ वटा फुलकन्ट्याक्ट संघका खेलाडी १३ वटा तौल समूहमा ५२ पदको लागि प्रतिशप्रधा गरेका छन् ।
पुरुष तर्फ ३५ केजी मुनी तौल समूहमा राजन पोख्रोल पहिलो शाहील अगस्ती दोस्रो  सरोज तामाङ र भरत मल्ल तेस्रो भएका पछन् । ४० केजी तौल समूहमा नितेश चौधारी पहिलो शीतल कुमाल दोस्रो आशीक थापा र राज चौधारी तेस्रो भएका छन् । ४५ केजी मुनि तौल समूह राजकुमार मल्ल पहिलो श्रवन पुर्जा दोस्रो अफतम खान र सुजल महर्जन तेस्रो भएका छन् ।
पुरुष ५० केजी तौल समूहमा धमेन्द्र राम पहिलो धिरज परियार दोस्रो बुद्ध लामा र सुमन परियार तेस्रो भएका छन् । ५५ केजी तौल समूहमा सौरव बस्नेत पहिलो, ओम तामाङ दोस्रो , दिनेश शाहा र निश्चल शाही तेस्रो भएका छन् । ६० केजी तौल समूहमा विष्णु लामा पहिलो  सुशान्त लामिछाने दोस्रो दिनेश तामाङ र  विष्णु थापामगर तेस्रो भएका छन् । ६५ केजी तौल समूहमा सन्तोष कालीराज पहिलो गोविन्द रोक्का दोस्रो थपप्रकाश खड्का र मेघबहादुर राई तेस्रो भएका छन् ।

पुरुष खुल्ला तौल समूहमा, अम्मर देउला पहिलो सुजन गोला दोस्रो आदर्शकुमार यादव  र विरचन्द्र नकर्मी तेस्रो भएका छन् । महिला ३५ केजी तौल समूहमा श्रीयया ढुङ्गेल र सजनि बस्नेत पहिलो र दोस्रोका लागि प्रतिप्रधा गर्नेछन भने जोनिशा तामाङ तेस्रो र स्मृती तामाङ् तेस्रो भएका छन् ।

महिला ४० केजी तौल समूहमा सबिना ठकुरी र रस्मी सिदरी पहिलो र दोस्रोका लागि प्रतिप्रधा गर्ने छन भने रोजनी भुजेल र अपसिखा मगर तेस्रो भएका छन् । ४५ केजी तौल समूहमा अन्जना ढुङ्गेल र सरगम कुमाल पहिलो र दोस्रोका लागि प्रतिप्रधा गर्ने छन भने उषा बमजम र कृष्ण कार्की तेस्रो भएका छन् ।

महिला ५० केजी तौल समूहमा युनिका शेरचन र रितु घलाम पहिलो र दोस्रोका लागि प्रतिप्रधा गर्ने छन भने जमुना नेप्टी र वितिसा शर्मा तेस्रो भएका छन् । ५५ केजी तौल समूहमा सपना आले , रोसनी आले  पहिलो र दोस्रोका लागि प्रतिप्रधा गर्ने छन भने नितिशा शर्मा र सन्जु शाहा तेस्रो भएका छन् । महिला खुल्ला तौल समूहमा सुक्ष्मी श्रेष्ठ र पुनम लामा, पहिलो र दोस्रोका लागि प्रतिप्रधा गर्ने छन भने सरु प्रतेल कृष्तीना तमाङ तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुनेलाई शिल्ड मेडल प्रमाणपत्र र खादाले सम्मान गरीएको छ । शुक्रबार देखी पोखरा रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

Advertisment