कड्नीको उपचारमा सिंगापुर रहेका ओलीलाई भेट्न कामरेडहरु जाँदै…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका दुईजना नेता सिंगापुर जाने भएका छन् ।
सिंगापुरमा उपचार गराइरहेको ओलीलाई भेट्न नेकपाका नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जान लागेका हुन् ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई भेट्न गौतम र पौडेल मंगलबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
यसअघि नेकपाका बिभिन्न तहका नेता कार्यकर्ता ओलीलाई भेट्न सिंगापुर गएका थिए ।

 

Advertisment