रवीन्द्र मिश्र डेढ घण्टासम्म विमानभित्रै थुनिए

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीको सिङगापुरबाट नेपाल फर्कने कार्यक्रमले हजारौ यात्रुले त्रिभुवन बिमानस्थलमा सास्ती भोगका छन् । प्रधानमन्त्रीको विशेष सुरक्षालाई मध्यनजर गर्दे विमानस्थलमा उडान तथा अवतरणको क्रममा रहेका हवाई यात्रुले सास्ती खेप्नु परेको हो ।
कयौ बिमान काठमाडौमा अवतरण गर्न नसकेपछि डाइभर्ट भएका छन् । उडानका लागि विमानस्थल पुगेका यात्रु मध्ये कसैलाई जहाजबाट बाहिर निकालेर प्रतिक्षालयमा राखिएको थियो कोहि घण्टौसम्म विमानभित्रै निदाउन बाध्य भए । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बिमानभित्रैबाट आफु डेढ घण्टादेखि रोकिएको समाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
पार्टीको कामले विराटनगर उड्नलागेका उनले आफुलगायत सम्पुर्ण यात्रु एयर ट्राफिकका कारण लामो समयदेखि रोकिनु परेको जानकारी गराए ।

फोटोः रवीन्द्र मिश्रको फेसबुक पेजबाट साभार

Advertisment