पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

काठमाडौं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनका बुबा यमप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो ।

मृतको यमप्रसादको आजै पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरालगायतका नेता, पत्रकारलगायत ठुलो संख्यामा शुभचिन्तहरु अन्त्येष्टिमा सहभागी थिए ।

Advertisment