माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी,कडा आन्दोलन गर्ने कांग्रेसको चेतावनी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसका नेतृ टेकनशोभा गुरुडको नेतृत्वमा तालावन्दी गरेको बताइन्छ ।
गाउंपालिकाको कार्यालयमा ब्यापकरुपमा भ्रष्ट्रचार बढेको,बिकासका आयोजनाहरुमा नेकपा भित्रको पनि सिमित गुटलाई ठेक्काप६टा दिने गरेको,उपभोक्त्ता समिति गठन गर्दा एकलौटीरुपमा गरेको, जनप्रतिनिधिहरु कार्यालयमा भन्दा पनि सरमुकाममा बढि बस्ने गरेको, बिदेश यात्राका लागि मात्रै समय खेर फालिरहेको जस्ता जनताबाट ब्यापक गुनासो आएपछि कांग्रेस नेता खुशीमान गुरुडको नेतृत्वमा हाल सम्म भए गरेका अति गोप्य बाहेकका सुचना माग गरेको बताइन्छ । तालाबन्दी अघि बोल्दै नेतृ टेकनशोभा गुरुडले जनताको सवाल उठाउंदा प्रशासन लगाई धरपकड गर्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

पटक पटक सुचना मागको आग्रह गर्दा समेत बेवास्ता गरिनुका साथै उल्टै गाउंपालिका कार्यालय तोडफोड गरेको आरोपमा वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोले कांग्रेस विरोधमा उत्रिनुपरेको क्षेत्रिय सहसचिब राजाराम पौडेलले युनाइटेड खबरलाई जानकारी दिएका छन ।

Advertisment