लाहाचोकमा उर्लियो जनता, वडा अध्यक्ष बिरेन्द्र गुरुङ र तरुण नेता बिपुल शर्मा रिहा

पोखरा । माछापुच्छ्रे गाउंपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र गुरुङ र तरुण नेता बिपुल शर्मा रिहा भएका छन ।
माछापुच्छ्रे गाउँ पालिकामा ब्यापक भ्रष्ट्रचार बढेको,जनताको काम पटक्कै नहुने,जनप्रतिनिधि कार्यालयमा नबस्ने,बजेट एकलौटी रुपमा बितरण गरिएको जस्ता गुनासो बढेपछि सूचनाको हक प्रयोग गरि कार्यालयमा भएका गतिविधिहरु माग्न जांदा उल्टै प्रहरी लगाई पक्राउ गरेको उनीहरुको गुनासो रहेको छ ।
तीनदनि सम्म अनावश्यक हिरासतमा राखिएका उनीहरुलाई रिहाईका लागि स्थानिय जनताबाट ब्यापक दबाब बढेपछि प्रशासन बाध्य भएर छाड्नुपरेको महाधिबेशन प्रतिनिधि देबेनद्रकुमार शेरचनले जानकारी दिएका छन । वडा अध्यक्ष बिरेन्द्र गुरुङ र तरुण नेता बिपुल शर्मा रिहाइ पछि स्थानिय लाहाचोकमा भब्य स्वागत कार्यक्रम गरिएको थियो । हजारौंको संख्यामा स्थानिय जनताले बाजा,गाजा सहित भब्य स्वागत गरे लगत्तै एक स्वागत समारोहको आयोजना गरिएको थियो ।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ को प्रदेश ख को आयोजनामा सम्पन्न कार्याक्रममा कांग्रेस नेता शुक्रराज शर्माले नेतृत्वमा बसेका जनप्रतिनिधिले आफनो हैसियत नबुझेका कारण आफनै बोर्डका सदस्यलाई झुठा मुदद्यामा फसाउने प्रयास भएको बताए । सभापति कमल बहादुर गुरुडको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य रामचन्रद्र त्रिपाठी, महासमिती सदस् हरिमाया गुरुड, गत निर्बाचनमा कांग्रेस तर्फको गाउंपालिकाको उपाध्यक्ष पदका प्रत्यासी उम्मेदवार टेकनशो्भा गुरुड ,नेपाली कांग्रेस जागरण अभियानका केन्द्रिय प्रतिनिधि पुर्ण बहादु गुरुड, क्षत्रिय सभापति पोषनाथ शर्मा, महाधिबेशन प्रतिनिधि देबेन्द्र कुमार शेरचन, अन्नपुर्ण गाउंपालिका अध्यक्ष् युवराज कुवंर, महाधिबेशन प्रतिनिधि मान बहादुर बिक, तरुण दल कास्की अध्यक्ष मनोज गुरुड, रिहा भएका  वडा अध्यक्ष बिरेन्द्र गुरुङ र तरुण नेता बिपुल शर्मा, खिमलाल बास्तोला, मधुसुदन अधिकारी लगायतले कम्युनष्टिहरुले वडादेखि केन्द्र सम्म सरकार चलाउन नसकेको, जनतालाई महडगी बढाएको , कर को मारमा मा जनतालाई पारेको, भ्रष्ट्रचारमा मात्रै लिप्त भएको जस्ता आरोप लगाएका थिए ।
फोटो – टेकनशोभा गुरुडको फेसबुक वालबाट
Advertisment