राजाले दशैंमा टिका लगाईदिने भएपछि राजा अाउ भन्नेहरु थप उत्साहित

काठमाडौं, १७ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले बडादशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । उनले सर्वसाधारणलाई अपरान्ह चार बजे टीका लगाइदिने भएका छन् ।   पूर्व राजा निकटस्थले सञ्चारमाध्यमलाई जानकारी गराए अनुसार पूर्व राजाले बडा दशैंको अपरान्हबाट सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिने गरी समय तय भइसकेको छ । यसवर्ष पूर्व राजा कहाँ टीका लगाउने आउनेको संख्या बढ्ने अनुमान समेत गरिएको छ ।

बडादशैंमा टीका लगाउन आउनेलाई दृष्टिगत गरी निर्मल निवासमा अग्रिम तयारी भइसकेको छ । यसका लागि सुरक्षा र अन्य व्यवस्था मिलाइएको छ ।

राजसंस्थाको अन्त भएपछि पनि पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन् । विशेषगरी राजसंस्थाका पक्षधरहरु टीका लगाउन पूर्व राजा कहाँ पुग्ने गरेका छन् । फाईल- तस्बिर

Advertisment