कास्कीबाट काे जान्छन् त संसदमा !

  1. उम्मेदवार बन्न नेकपा र कांग्रेसमा दाैड सुरु

पाेखरा। अागामी उपनिर्वाचन मा कास्की क्षेत्र नम्बर  दुईमा स्व.रबीन्द्र अधिकारीकाे धर्मपत्नी बिधा भट्टराईले उम्मेदवार बन्न अनईच्छुक जनाएपछि नेकपा भित्र टिकट लिनका लागि लबिङ सुरु भएकाे समाचार छ । बिधा रबीन्द्रकाे श्रीमती भएतापनि पाेखरेली संग त्यति राम्राे परिचय नभएका, पाेखरा भन्दा काठमाडौं बसाई धेरै भएकाे,श्रीमानकाे किरिया कार्य बिबादित बनाएकाे जस्ता नारा स्वयं नेकपाका कार्यकर्ताहरु नै भित्र भित्रै उचालिरहेकाे बुझिन्छ । बिधाले उम्मेदवार नदिने भएपछि ब्यवसायी धनराज अाचार्यकाे नाम लिने सम्भावना बढेकाे छ । त्यसाे त नेकपा भित्रका दुई खेमा पुर्ब माअाेबादी र पुर्ब एमाले भित्रका बिभिन्न गुटकाे अाअाफ्नै मिनी बैठकहरु बसिरहेका छन । नेकपा बाट टिकटका लागि लबिङ गर्ने हरुमा पुर्ब माअाेबादीबाट राजकाजी गुरुङ,माधब नेपाल गुटबाट पुर्बराज्यमन्त्री तुल बहादुर गुरुङ र श्रीनाथ बराल अाेलि गुटबाट धनराज अाचार्य र साेमनाथ अधिकारी प्यासी समेत लबिङमा रहेकाे नेकपा स्राेतले जनाएकाे छ । यि मध्ये चुनाब उठ्ने ईच्छा गरेमा प्यासीकाे बलियाे सम्भावना रहेकाे बताईन्छ ।

यसैगरि नेपाली कांग्रेस केन्द्रले ३ जना काे नाम सिफारिस गर्न भनेतापनि क्षेत्र भित्र र बाहिरका गरि १६-१६ जनाकाे नाम क्षेत्रले दस्तुर लिई सिफारिस गरेकाेमा जिल्ला तथा केन्द्रका नेताहरुले असन्तुष्ट प्रकट गरेकाे स्राेतले बताएकाे छ । १६ जना मध्ये अधिकांश क्षेत्र बाहिरका र चरम महत्वकांक्षीहरुकाे नाम अघि सारिएकाे तथा अाफुले टिकट पाए ठिक नत्र अन्तर्घात गर्ने पुरानै चलनलाई दाेह्रयाउने सम्भावना बाेकेका स्थानिय नेताका बारे अधिकांश केन्द्रिय नेतालाई राम्रै संग जानकार रहेकाे केन्द्रिय कार्यालय स्राेतले बताएकाे छ ।   त्यसकारण जसै उपनिर्वाचन चुनाब जित्नुपर्ने केन्द्रकाे रणनितिलाई मध्यनजर राखि केन्द्रिय सदस्य धनराज गुरुङलाई अघि सार्ने सम्भावना बढेकाे कांग्रेस केन्द्रिय कार्यालय स्राेतले युनाईटेड खबर डट कम लाई दिएकाे छ । यसरी हेर्दा नेकपा बाट साेमनाथ अधिकारी प्यासी र कांग्रेस बाट धनराज गुरुङ बिच कास्की क्षेत्र नम्बर दुईकाे उपनिर्बाचनमा भिडन्त हुने संकेत देखिन्छ ।

यसैबिच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक  ७ गते दिउँसो २ः०० बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका सन्दर्भमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisment