एनअारएनमा पनि चर्काे राजनिति,यि भए निर्बाचित

काठमाडौं । निक्कै लामाे रस्साकस्सी पछि अन्तत् गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन् ।

पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा डा. शर्मा विजयी भए ।

विजयी पन्तले १२१७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कुल आचार्यले १०७० पाए । त्यस्तै महासचिवमा विजयी शर्माले १२३९ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जानकी गुरुङले १०५३ पाइन् ।

एनआरएनएको सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनमा सत्तारुढ दल नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाटकुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

Advertisment