घरमा सुतिरहने लाई बेगनासतालका युवाकाे शन्देश !

पोखरा २ कार्तिक। बेगनास युवा क्लवको बृहत बेगनासताल सरसफाई अभियान अन्तर्गत शनिवार ७६ औं श्रृंखला सम्पन्न भएको छ । क्लवका अध्यक्ष रामवहादुर रानाभाटको नेतृत्वमा बेगनासताल महिला समूह, होटल तथा रेष्टुरेण्ट एशोसियशन अफ लेखनाथ, बेगनासताल बजार व्यवस्थापन समिति, रानाभाट सेवा समाज बेगनासताल, मिलनसार तमु समाज, नमूना टोल विकास संस्था, सहितको टोलीको सहभागिता रहेको थियो ।

सहभागीले बेगनासताल किनार, ड्यामसाईड, बेगनासताल प्रवेशद्धार, मन्दरेपार्क लगायतका क्षेत्रमा सफाई गरेको क्लवका अध्यक्ष रानाभाटले जानकारी दिनुभयो।
क्लवले निरन्तर जारी राखेको बेगनासताल सरसफाई अभियान ७६ औं श्रृंखलासम्म आइपुग्दा विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको पुर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारीले वताउनु भयो।
क्लवका अध्यक्ष रानाभाटले बेगनासताल क्षेत्र घुम्न आउनेहरुले डष्टविनमा फोहोर व्यवस्थापन नगरिदिदा थोरै समस्या भएको उल्लेख गर्दै, जनचेतनाका थप अभियानहरु गर्दै लगिने समेत जानकारी गर्नुभयो ।
वढी मात्रामा वजार क्षेत्र फोहोर हुने हुनाले महानगर र वडाले अनुगमन गर्नु पर्ने देखिन्छ । वजार व्यबस्थापनले वजार क्षेत्र सफाई गर्न खासै चासो नदिएको केही स्थानीय वताउछन्। वेगनास सानो ठाउँ हो तर सबै जनाले सफा बनाउनु पर्छ भन्ने सोच्ने र गर्ने हो भने सकिन्छ तर यो सोचनिय विषय बनेको छ।

Advertisment