चिनियाँ अभिनेत्री नेपाली दुत

पाेखरा । चिनियां अभिनेत्री  सु चिङ लाई नेपाल सरकारले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सद्भावना दूत घोषणा गरिएको छ । चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुसी लागेको बताएकी छन् । पर्यटनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

चिनियाँ अभिनेत्री सु चिङ शनिबार पोखरा आएकी छन् । उनी शनिबारै नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् । ७ सदस्यीय टोलीसहित आएकी चिङले आइतबार पोखराको सौन्दर्यको मजा लिने छिन् ।

आइतबार बिहान फेवातालमा बोटिङ, दिउँसो अल्ट्रालाइटमा उडान गरी सौन्दर्य निकालेपछि उनी शान्ति स्पूपा पनि घुम्ने कार्यक्रम छ । सोमबार अन्नपूर्ण बेस क्याम्प पुगेर उनको टोली काठमाडौं फर्किनेछ

Advertisment