पाेखरा बिश्वबिधालयकाे रजिष्ट्रारमा खड्का

लेखनाथ ८ कार्तिक
पोखरा बिश्वबिधालयकाे रजिष्ट्रारमा हरि वहादुर खड्का नियुक्त भएका छन् । उपकुलती ई वुद्धीराज जोशीले खड्कालाई रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको विधान अनुशार प्रधानमन्त्री कार्यलयको सल्लाहमा जोशीले खड्कालाई नियुक्त गरेका हुन् । रजिष्ट्रार भए सँगै आज नै परिक्षा समितीको वैठक वसी नतिजा प्रकाशन गर्ने तयारी रहेको छ । जोशी नेकपा निकट मानिन्छन् भने खड्का काग्रेस निकट । रजिष्ट्रारमा काग्रेस तर्फवाट खड्का नियुक्त भए पनी काग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल विद्यार्थी संघले विरोध जारी राखेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघले संगठनको अनुमती तथा छलफल विना रजिष्ट्रार वनेको भन्दै विज्ञप्ती मार्फत विरोध जनाएका छन् । खड्का व्यवस्थापन संकायका डिन समेत हुन् । विश्वविद्यालयका कुलपती समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाका लागी मात्र उपकुलपतीमा जोशीलाई नियुक्त गरेका हुन् । हिजो मात्र नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले नतिजा प्रकाशन गर्न २४ घण्टे अल्टिमेटन दिएका थिए ।

Advertisment