राप्रपाको घरदैलो जारी,हिन्दुराष्ट्र स्थापना गर्ने भण्डारीकाे अठाेट

पाेखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की भण्डारी क्षेत्र नं. २ का उम्मेदवार रोम बहादुर भण्डारीले हिन्दु राष्ट्र पूनःस्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरेका छन् ।
शनिबार पोखरा –३० भलामको मौजाबाट घरदैलो गर्दै सो कुरा बताएका हुन् । घरदैलो गर्नु अघि उनले भलाम स्थित देउरानी मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरुवात गरेका हुन् । मंसिर १४ मा हुने उपनिर्वाचनमा भलामका फाँटहरुमा गई मतदाताहरुसँग मत मागेका छन् । मत माग्दै भण्डारीले भलामलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने आफु सधैं तपाईहरुसँग सहकार्य गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन समितिका संयोजक जयलाल पून, केन्द्रीय सदस्य वरुण विक्रम राणा प्रदेश कोषाध्यक्ष पंचमान गुरुङ, यूवा नेता कुमार वस्नेत लगायतले बोलेका थिए ।
घरदैलो कर्यक्रम भलाम, तल्लोचौर, खोर डाडागाँउ, र्यालेचौर, आरीधुर, पिपलडाली र मौजाम पूगी सम्पन्न भएको थियो । आइतबार पोखरा महानगरपालिका वडा नं. ४ अन्तर्गत बुढानिलकण्ठ मन्दिर फिर्के पूलबाट शुरु भई विभिन्न ठाउँमा घरदैलो तथा चुनावी कोण सभा हुने राप्रपा प्रचारप्रचार समितिका संयोजक सूर्य वास्तोलाले जानकारी दिए ।

Advertisment