चिनियाँ मेडिकल टोलीद्धारा पोखरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भुपाल गुरुङ,
पोखरा, १० मंसिर ।

चिनिँया मेडिकल टोलीले पोखरामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।

 

चिनियाँ सरकारको सहयोगमा पोखराको लेकसाईडमा मंसिर ९ र १० गते गरिएको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले स्वास्थ्यलाभ लिएको बताएको छ । नेपालका विभिन्न स्थानमा निशुल्का स्वास्थ शिविर संचालन गर्दै आएका १७ जना चिनियाँ डाक्टरहरुको टोलीले लेकसाइडमा नाक, कान, घाँटी, थाइराइट, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच र परम्परागत चिनिँया चेकजाँच गरेका थिए ।

टोलीले शिविरमा चेकजाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधी सेवन गर्नुपर्ने या ठुलो अप्रेसन नै गर्नुपर्ने विरामीलाई अन्य अस्पतालहरुमा जान सल्लाह समेत दिएको टोलीका संयोजक डाक्टर लिउ लिउले जानकारी दिए । १२ औँ पटकको स्वास्थ्य शिविर गरिसकेका डाक्टरहरुको टोलीबाट नेपालीले धेरै भन्दा धेरै निशुल्क स्वास्थ्य लाभ लिन सकोस् भन्ने हेतुले विभिन्न ठाँउमा शिविर संचालन गर्दै आएको उनको भनाई छ । टोलीले यहि हप्ताको विहिबार, शुक्रबार र शनिबार पोखरामा निर्माणधिन क्षेत्रिय विमानस्थल भित्र निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने समेत बताएको छ ।

Advertisment