भलामका नेकपा र राप्रपाका तीन दर्जन नेता कार्यकर्ता कांग्रेस प्रवेश

पोखरा ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसिले लोकतन्त्रको संरक्षण गर्ने दायित्व फेरि कांग्रेसकै काधमा आएको बताएका छन । उपनिर्वाचनको चुनावी सभामा सहभागी हुन कास्की आइपुगेका नेता केसिले पोखरा २० भलाममा मंगलवार आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै वर्तमान सरकारको लोकतान्त्रिक ब्यवस्था माथिको निरन्तरको प्रहारका कारण कांग्रेस फेरि ब्यवस्था जोगाउन अघि बढेको बताएका हुन ।
१४ मंसिरमा हुने उपनिर्वाचनलाइ लोकतन्त्र पक्षधर र निरंकुशता पक्षधरहरुको मिनि जनमत संग्रहका रुपमा समेत लिइएको नेता केसिको भनाइ छ ।
`यो उप निर्वाचन निरंकुशता पक्षधरलाइ रोज्ने कि लोकतन्त्र पक्षधरलाइ रोज्ने भन्ने सवालमा महत्वपूर्ण छ, यसलाइ लघु जनमत संग्रहका रुपमा लिनु पर्दछ ।´ केसिले भने ।

उनले वर्तमान सरकारका कारण लोकतान्त्रिक ब्यवस्था र पद्धति नै धरापमा पर्ने अवस्था आएको भन्दै ब्यवस्था जोगाउन र पद्धति टिकाउन पनि कांग्रेसको दायित्व बढेको जनाए ।
सरकार निर्मला पन्तको बलात्कार तथा हत्या देखि, ३३ किलो सुन, वाइडबडी प्रकरण लगायतका भ्रस्टाचार सहितका काण्डै काण्डमा फसेको भन्दै केसिले त्यसका विरुद्ध उपनिर्वाचनका क्रममा देशभर कांग्रेसको पक्षमा जनलहर देखिएको र त्यो जनलहरले नै लोकतन्त्रको पक्षमा निर्णय गर्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसिले सत्तारुढ नेकपा सहित राप्रपा लगायतका पार्टी छाडेर आएका भलामका तीन दर्जन नेता कार्यकर्तालाई काग्रेस प्रवेश गराएका छन

Advertisment