कास्की-२ बिधाकाे जित,खेमराजकाे बधाई

पाेखरा । कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले हराएकी छन्।

विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मत मात्रै ल्याउन सके। पराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन्। उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिएका हुन्। पाैडेलले खादा लगाईदिंदा बिधा भने निक्कै भाबुक बनेका थिए ।

Advertisment