तमु ट्हो ह्युल हङकङ महिला विभागद्वारा तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण

हुम तमु

पोखरा, १७ मंसिर

तमु ट्हो ह्युल हङकङ महिला विभागद्वारा तमु विद्यार्थी छात्रवृत्तिका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई २ लाख ५० हजार हस्तान्तरण गरेको छ। तमु ट्हो ह्युल हङकङ महिला विभागकी अध्यक्ष कविता गुरुङले तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङलाई हस्तान्तरण गर्नुभएको हो।

उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ ग्रामीण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई शिक्षाप्रति प्रोत्साहित गर्न एक दशक अघदेखि क्रियाशील प्रतिष्ठानको अभियानमा तमु ट्हो ह्युल हङकङ महिला विभाग सहयोग गरेको हो।

प्रतिष्ठानको शिक्षाप्रतिको अत्यन्तै राम्रो अभियानका लागि महिला विभागले हङकङमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ प्रथम तमु भेला आयोजना गरी उक्त रकम संकलन गरेको थियो। तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको प्रमुख आतिथ्यतामा च्यारिटी गरिएको थियो।

रकम हस्तान्तरण गर्दै तमु ट्हो ह्युल हङकङ महिला विभागकी अध्यक्ष कविता गुरुङले प्रतिष्ठानको अत्यन्तै असल कार्यमा आफुहरुको सहभागीता जनाएको बताउनुभयो।प्रतिष्ठानमार्फत तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न महिला विभागले पहिलो पटक आयोजना गरेको कार्यक्रमका दिन हङकङमा आन्दोलन भए पनि सहयोगी, शुभेच्छुकहरुको सहभागीताले रकम संकलनका साथै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउनुभयो। समाजसेवी अध्यक्ष गुरुङले भन्नुभयो, आगामी दिनमा पनि प्रतिष्ठानको अभियानमा आफुहरुको साथ रहन्छ।

कार्यक्रमका प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले तमु साँस्कृतिक प्रतिष्ठानको उद्धेश्य, गतिविधी र योजनाका बारेमा प्रष्ट पार्नुहुदै अहिले ९१ जना तमु विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरिरहेको र आउदो वर्षमा करिब १३० जनाले छात्रवृत्ति प्राप्त गर्ने बताउनुभयो।प्रतिष्ठानको अभियानमा तमु ट्हो ह्युल हङकङ महिला विभागको साथको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो।

यस अघि प्रतिष्ठानको कार्यलयमा तमु ट्हो ह्युल हङकङ महिला विभागकी अध्यक्ष कविता गुरुङ र पौरखी नेपाल पोखराकी उपाध्यक्ष मोनिका गौचनलाई प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले खादा र अध्यक्ष चित्रबहादुर गुरुङ बुकेद्धारा स्वागत गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा

वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत र सचिव भेषराज गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

Advertisment