देउबाकाे याेजना केपिद्वारा शिलान्यास !

काठमाडौं । अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ । काठमाडौं उपत्यकाकै मुख्य नाकाका रूपमा लिइने उक्त नाकामा सवारी आवागमन सहज पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कर्पोरेसन कम्पनीले गत नोभेम्बर १४ (कात्तिक १८ गते) देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा प्रधानमन्त्री हुंदा जापान सरकारसंग सहुलियत ऋण सहयोग माग गरिएकाे उक्त्त आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले हालै शिलान्यास गरिसकेका छन् ।

Advertisment