म्यादीमा नेबिसंघ सकृय, शैक्षिक सामग्री बितरण

म्याग्दी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेविसंघले स्टेशनरी तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सुईटर र टोपी हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत बहादुर रकालले कलिला विद्यार्थीलाई समेत नेविसंघले प्राथमिकता दिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिएकाे बताए ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी तथा २० जनालाई विद्यालयकै सिफारिसमा पोशाक सहयोग गरिएको संघका अध्यक्ष निर्मल खत्रीले बताए ।उनले जिल्लाका सबै ६ वटै स्थानीयतहका विद्यार्थीलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी दिएका छन् । नेपाली कांग्रेस पुलाचौरका नेता रामबहादुर बानियाँ, वडा नं ५ का वढा उपसभापति नविन बानियाँ, तरुणदल म्याग्दीका नेता असल केसीले मन्तब्य राखेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम परियारले विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोगले सहज भएको बताए । अभिभावक, समितिका सदस्य सहित तरुण दलका विश्वास श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

Advertisment