कांग्रेसले शुरु गरेको गुणस्तरीय स्वास्थ्य सेवा कम्युनिष्ट सरकारले कटौती गरेको सभापति देउवाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कांग्रेस नेतृत्वको सरकारले गरेको नीतिगत सुधारलाई कम्युनिष्ट सरकारले भत्काएर जनबिरोधी काम गरेको बताएका छन्। अाफ्नाे पालामा बिभिन्न राेगबाट सिकिस्तहरुलाई असक्त भत्ताकाे ब्यबस्था गरेकाे भएतापनि कम्युनिष्ट सरकारले त्याे भत्ता कटाैती गरेकाेमा सभापति देउबाले अापत्ती प्रकट गरेका छन् ।

महेन्द्र नारायण निधि मेमोरियल सहकारी संस्थाको नबौं बार्षिक साधारण सभाको शनिबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले स्वास्थ्य क्षेत्रको नीतिगत सुधारका पक्षमा कांग्रेस सधैं रहने बताए।

उनले आगामी निर्बाचनमा कांग्रेसलाई जिताएर सरकार बनाउन मद्धत गर्न आग्रह समेत गरे। कम्युनिष्ट सरकारका जनबिरोधी कामबाट सर्बसाधारण आजित भएको भन्दै सभापति देउवाले आगामी निर्बाचनमा कांग्रेसका पक्षमा जनताले मत दिने बिश्वास व्यक्त गरे।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सहकारीमार्फत शुरु गरिएको अस्पतालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उपसभापति निधिले महेन्द्रनारायण निधि मेमोरियल, वीपी स्मृति र गणेशमान सिंह मेमोरियल अस्पतालबीच आबश्यक समन्वय गरी चिकित्सा क्षेत्रमा सहयोग गर्नुपर्ने प्रस्ताब गरेका थिए।

कार्यक्रममा वीपी स्मृति अस्पतालका डा. केदारनरसिं केसी र गणेशमान सिंह मेमोरियल अस्पतालका दीपकप्रकाश बास्कोटाले तीनवटै अस्पतालबीच समन्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए।

कार्यक्रममा महेन्द्र नारायण मेमोरियल अस्पतालका डा. दिपक दत्तले १०० बेडको अस्पताल आगामी फागुन १३ गते महेन्द्र नारायण निधिको जन्मदिनका अबसर पारेर औपचारिक रुपमा शुरु गरिने बताएका थिए।

Advertisment