पर्वतीय संग्रहालयमा विश्वशान्ति पुजा

पोखरा, ९ पुस (रासस) ः नेपाल पर्वतारोहण सङघद्धारा पोखरा १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा शान्तिको कामना गर्दै तेश्रो बृहत विश्वशान्ति पुजा सञ्चालन भएको छ ।

नेपाल पर्वतारोहण सङघ स्थापनाको २५ औं बर्ष गाँठको अवसरमा पारेर आयोजना गरिएको पुजामा वुद्धका उपदेश एवम् मानव हितसंगै हिमाल आरोहणका क्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गरिने पुजा आयोजक समितिका संयोजक हरिध्वज तुलाचनले जानकारी दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने पुजाको पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले शुभारम्भ गर्दै विश्वशान्तिका लागि बुद्धका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

पर्वतीय संग्रहालयका निर्देशक शंकर गौतमका अनुसार पुजाले  धार्मिक सहिष्णुता कायम गर्दै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Advertisment