सिद्धबाबा’लाई छाड्न अदालतको आदेश

सुनसरी । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो । सोमबार भएको थुनछेक बहस सकिएपछि न्यायाधीश उप्रेतीले उक्त आदेश दिएका हुन् । थुनछेक बहस आइतबारदेखि चलेको थियो l

गिरीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई मंसिर १६ गते पक्राउ गरिएको थियो । उनले भने आरोप अस्वीकार गर्दै आएका छन् । जिल्ला अदालतकाे फैसला पछि युनाईटेड खबर डट कम संग प्रतिकृया दिंदै कृष्णदास महाराजका अनुयायी शुक्रराज शर्माले सत्यलाई छेक्न नसक्ने आजको फैसलाबाट प्रष्ट भएको बताए । पुर्ब सांसद समेत रहेका शर्माले अध्यात्मवाद सहि ढंङ्गले नबुझेका कारण पनि ययस्ता आक्रमणहरु भईरहने हुंदा समाज चनाखो हुनुपर्ने समय आएको समेत सञ्चारकर्मीहरु लाई प्रतिकृया दिएका छन् ।

Advertisment