गुम्बा,बिहार कसरी गेष्ट हाउस बन्याे :- सांसद बिन्दा रानामगर

काठमाडौं, २७ पुस –
संघीय सांसद बिन्दादेबी रानाले मुलुकमा अनियमितता बढेको बताएकी छिन् ।
संसद रानाले आइतबार विशेष समयमा बोल्दै देशमा संस्थागत भ्रस्टाचार,कुशासन र अनियमितता बढेको बताएकी हुन् । रानाले १ वर्ष अघिदेखिको वाइडबडी काण्डमा दोषीलाई कारवाहीको माग गरिन् । उनले छानविनको दायरामा आउने जो कोहीलाई नछोड्न सरकारलाई अनुरोध गर्दै अख्तियार र नेपाल वायुसेवा निगम मौन बस्नु नागरिकमाथिको अपहेलना भएको बताइन् ।
४ अर्ब ३५ करोड बढी भ्रस्टाचार भएको तथ्य बाहिर आउँदासमेत सरकारले दोषीलाई कारवाहीको दायरामा ल्याउन नखोज्नु प्रधानमन्त्रीले सुरुमा गर्नु भएको प्रतिवद्धताको औचित्य समाप्त भएको बताइन् । कांग्रेस नेतृ रानाले सरकारको मौनताप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यानाकर्षण भएको उल्लेख गर्दै बालुवाटार ललीता निवास जग्गा प्रकरणमा जिम्मा दिएको निकाय खोज्नु पर्ने समय आउनु दुखद् भएको उल्लेख गरिन् ।
देशमा घटेको कुनै पनि घटनामाथि दोषी र निर्दोषी पहिचान गरी घटनाको पूर्ण कार्यान्वयन नगरी पटक पटक म्याद थप गदै जानु लोकतन्त्र मास्ने खेल भएकाेमा रानाले चिन्ता व्यक्त गरिन् । सांसद रानाले गौतम बुद्ध जन्मस्थल लुम्बिनी परिसर क्षेत्रमा विदेशी मुलुकले निर्माण गरेको गुम्बा तथा विहारलाई गेस्ट हाउस बनाउनु सरकारको लज्जाजनक काम भएको धारणा राखिन् ।
उनले पर्यटन मैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै लुम्बिनी क्षेत्रमा बौद्ध बास्तुकला, संस्कृति र बौद्धमार्गीको विकासमा ध्यान दिन अनुरोध गरिन् । उनले लुम्बिनीको विकासमा नियम विपरित भएका गतिविधि रोक्न सरकारसँग मागसमेत गरेकी थिइन् ।

Advertisment