नेपाल प्रहरीमा खुल्यो ७ सयभन्दा बढी इन्सपेक्टर र असई

काठमाडौं : नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ।

प्रहरीका भर्ना छनौट महाशाखाले ७ सय ३३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो। माग अनुसार समावेशी आधारमा १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरेको हो।
जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको हो। यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisment