एनआरएन हङकङका अध्यक्ष गुरुङलाई पितृशोक,,अन्तेष्टी आज

पोखरा । गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष टीका गुरुङ तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङका पिता रामफल गुरुङको ८२ वर्षको उमेरमा आज निधन भएको छ ।

केही दिनदेखि काठमाडौंमा उपचाररत बुबा रामफलको चिकित्सक काे सल्लाह अनुसार घर लगेसंगै बिहिवार साँझ पोखरामा निधन भएको हो ।
स्वर्गराेहण बुवाकाे शुक्रबार बाैद्व परम्परा अनुसार पोखरामा नै अन्त्येष्टि गरिने पारिवारिक बुहारी कांग्रेस नेतृ टेकनशाेभा गुरुङले जनाएकाे छ ।
छाेरी गैर गैरआवासीय संघ हङकङको अध्यक्ष टीका गुरुङ छाेराहरु गोरख ट्राभल्स युकेको निर्देशक दिल रास गुरुङ, नेपाल बैदेशिक रोजगार संघका निबर्तमान अध्यक्ष रोहन गुरुङ, छाेरी मिस नेपाल युके सस्करणको प्रबन्ध निर्देशक शान्ति गुरुङ तथा श्रीमती प्रसिद्व समाजसेवी नन्दकुमारी गुरुङको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस युनाईटेड खबर डट कम परिवार हर्दिक समाबेदना प्रकट गर्दछाैं ।

Advertisment