शुक्रराज शर्माद्वारा लिखित पुस्तककाे परिचर्चा हुंदै,डा शशांक पाेखरामा

पाेखरा । नेपाली काङ्ग्रेसका नेता एबं पुर्ब माननिय शुक्रराज शर्माद्वारा लिखित पुस्तक को परिचर्चा कार्यक्रम हुने भएकाे छ । ‘कांग्रेसमा संकल्पित ५२ बर्ष’ नामक पुस्तकमा राजनीति,सामाजिक तथा बिभिन्न घटनाक्रमहरु समेटिएका छन् । शुक्रराज शर्मा सल्यानी साहुकाे छाेरा भएतापनि बुवाकाे सानै उमेरमा निधन पश्चात् भएका सम्पत्ति तथा परिवारकाे कसरी बिचल्ली भयाे त ? भन्ने बिषय निक्कै मार्मिक रुपमा पुस्तकमा समेटिएकाे छ ।
बिपि काेईरालाकाे सबल नेतृत्व,राजा त्रिभुवनले चालेका राष्ट्रघातका कदम, ००७ साल,०१७ साल, ०३६, ०४६ र ०६२/०६३काे जनअान्दाेलनका बिषयहरु समेटिएका छन् । निरङ्कुश पञ्चायती ब्यबस्था टिकाउन दरबारिया मण्डलेहरुले अपनाएका बिभिन्न हतकण्डा हरु कसरी अपनाएका थिए ? जस्ता बिषयलाई समेत महत्वका साथ पुस्तकमा समेटिएका छन् । पुस्तककाे शुक्रवार दिनको ठिक १०.३० बजे प्रजातान्त्रिक समाज नेपाल कास्की शाखाकाे अायाेजना र ब्राउन आईज पार्टी प्यालेस ( ॐ हस्पिटल अगाडि ) मा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेईरालाकाे प्रमुख अातिथ्यतामा र डा शाेभाखर पराजुली डा. सुरेन्द्र केसी लगायत परिचर्चाकारहरु पोखरा आइसकेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति पाेषनाथ शर्माले जानकारी गराउदै कार्यक्रममा उपस्थितिका लागि अाह्वान गरेका छन् ।

Advertisment