देशभर बर्षा,कहिले हुन्छ त माैसममा सुधार ? मौसमविद भन्छन्, ‘अब जाडाे कम हुन्छ’

काठमाडौं । हिउँदे बर्षा गर्दा देशका विभिन्न स्थानमा बर्षा भएको छ । चौथो चरणको हिउँदे बर्षाको यो श्रृंखला गएको सोमबार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको हो ।

उक्त प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद बरुण पौडेलका अनुसार, वर्षा भएसँगै तराइमा लागेको हुस्सु भने हटेको छ । हिउँदे वर्षा भए पनि यो वर्षापछि मौसममा तातोपन बढ्ने उनले बताए ।

शुक्रबार (आज) दिनभर बदलीको अवस्था रही देशका विभिन्न भेगमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुनेछ । आउँदो २४ घण्टा चिसो हुने हनाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शनिबारदेखि भने मौसममा सुधार आउनेछ । तर अर्को साता फेरि फाट्ट फुट्ट वर्षा हुने संकेत देखिएको मौसमविदको भनाइ छ । आजको गोरखापत्रमा समाचार छ ।

Advertisment