अन्नपुर्ण बेसक्याम क्षेत्रमा हिमपात ४ पर्यटक पुरिएकाे आशंका

पाेखरा । हिम पहिरोका कारण अन्नुपर्ण बेसक्याम्पमा चारजना कोरियाली पर्यटक पुरिएको आशका गरिएको छ । अन्नुपर्ण क्षेत्रमा ट्रेकिङ हिडेका पर्यटक कास्कीको अन्नपुर्ण गाउँपालिकामा हिउँ पहिरोमा परेको पर्यटक प्रहरीले जनाएको छ ।

पर्यटक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अस्मिता कपालीले अन्नपूर्ण क्षेत्रमा चारजना कोरियाली, एकजना चिनियाँ र नेपाली पदप्रदर्शक रहेको बताए । यसमध्ये पाँच जनाभने सम्पर्कमा आएको उनको भनाइ छ ।
खराब माैसमका कारण तत्काल उद्वारमा कठिनाइ भईरहेकाे माैसमले साथ दिनासाथ उद्वार कार्य अगाडि बढाउने समेत उनले बताए ।

Advertisment