शिक्षाविद गणेश बहादुर गुरुङकाे निधन,तमु धिं नेपाल र तमु समाज युकेद्वारा शाेक बक्तब्य प्रकाशित

पाेखरा । पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख वरिष्ठ समाजसेबी शिक्षाविद गणेश बहादुर गुरुङकाे साेमबार दुखद निधन भएकाे छ । पाेखराका अधिकांश पुराना क्याम्पसहरुकाे प्रमुख तथा ब्यबस्थापन समितिमा रहेर काम गरिसकेका गुरुङ पाेखरामा प्रतिष्ठित समाजसेवीकारुपमा परिचित हुनुहुन्थ्याे ।
तत्कालीन राजपरिषदकाे स्थायी समिति सदस्य समेत रहिसक्नु भएका गुरुङ तमुधिं नेपालका संस्थापक एबं प्रमुख सल्लाहकार, चारभन्ज्याङ तमु समाजका प्रमुख सल्लाहकार लगायत दर्जनाै संघ,संस्था अाबद्व हुनुहुन्थ्याे । ८१ बर्षिया बरिष्ठ समाजसेवी, शिक्षाविद् गणेशबहादुर गुरुङ सरकारले प्रदान गरिने बिभिन्न मान पदवी बाट बिभुषित भईसक्नुभएकाे छ । वहांकाे असामयिक निधनले समाजलाई अपुरणिय क्षति भएकाे छ ।
पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं ८ चारभन्ज्याङ खाल्टे पुरानो गाउँ भइ पोखरा नयांबजार बस्दै अाउनुभएकाे थियाे । गुरुङकाे श्रीमती,एक छाेरा र चार छाेरी रहेकाे छ ।
यसैबिच गुरुङकाे निधनले सारा तमु समाज युके परिवार शोकाकुल भएकाे साथै तमु समाज युके परिवार, वहाँको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ भनिएकाे छ ।
साथै यस बिक्षिप्त शाेककाे घडिमा शाेक सन्तप्त परिवारजनमा यो अपुरणिय क्षतिको पिडा बहन गर्ने र धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछु। तमु समाज युके परिवार का अध्यक्ष शिव चन्द्र गुरुङले एक शाेक बक्तब्य प्रकाशित गरि भन्नुभएकाे छ ।
यसैबिच तमु धिं नेपालले पृथ्वीनारायण क्याम्पसका पुर्ब प्रमुख, तमु धिं नेपालका प्रमुख सल्लाहकार, चारभन्ज्याङ तमु समाजका प्रमुख सल्लाहकार, वरिष्ठ समाजसेवी, शिक्षाविद गणेश बहादुर गुरुङको निधनकाे खबरले मर्माहत बनाएको जनाएकाे छ । कार्यबहाक अध्यक्ष हुम बहादुर गुरुङद्वारा सार्वजनिक बक्तब्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु भनिएकाे छ ।

Advertisment