काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई शोक परेको छ । गच्छदारीकाे कान्छी काकी ८२ वर्षीया कुश्मीदेवी थरुनीको निधन भएको छ । दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारकी आमा हुन् ।
माघ ५ गते दुवही नगरपालिकास्थित आफ्नै निवासमा थरुनीको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले थरुनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
‘स्वर्गीय थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिकाको स्मरण गर्दै नेपाली कांग्रेस उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।
‘नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छादार लगायत सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ’, नेपाली कांग्रेसका सभापति देउवाले भनेका छन् ।
उपसभापति बिजय गच्छदारलाई शोक, देउवाद्वारा समवेदना प्रकट
७ माघ २०७६, मंगलवार
801
Advertisment