एन्फा अध्यक्षलाई कुटपिट गरेका दिपक मनाङ्गे बिरुद्व फाैजदारी मुद्वा

पाेखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ अर्थात दीपक मनाङ्गेविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन् ।

खेल मैदानमा आफुलाई कुटपिट गरेर अभद्र व्यवहार गरेको भन्दै फौजदारी संहिताअनुसार कारबाहीको माग गर्दै जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मुख्यमन्त्री कप फुलबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाएर मंगलबार सांसद मनाङ्गेले गुरुङलाई कुटपिट गरेका थिए ।
जाहेरीमा मुलुकी फाैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा सांसद मनाङ्गेलाई कारबाही माग गरिएको छ ।

Advertisment