दिपक मनाङ्गे पक्राउ,जिप्रकाकाे हिरासतमा

पोखरा । एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक ठाउंमा हातपात गरेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घघाटन पुर्ब हातपातमा उत्रेका मनाङ्गे
लाई बिहीबार प्रहरीले लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेकाे हाे । जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरे लगत्तै मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको हो ।

मनाङेले झापड हानेको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका थिए । उनी बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, “मैले हातपात गरेको होइन, झापट हानेकाे हो ।”

मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।
पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका थिए । प्रहरीले मनाङेलाई पक्राउ गर्छ त ? कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने, “अनुसन्धान गर्दै जाने हो, अहिले नै पूर्वानुमान गर्न मिल्दैन ।”

पीडित गुरुङले जाहेरी दिनुपूर्वको पत्रकार सम्मेलनमा शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरू लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफ्नो जिउ धनको सुरक्षा हुनुपर्ने बताएका थिए । मनाङ्गेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा राखेकाे छ ।

अनुसन्धानको क्रममा आवश्यक परेका कदम उठाउने प्रहरीले जनाएको छ ।

Advertisment