दिपक मनाङ्गेलाई कडा कारबाही हाेस : तमु धिं नेपाल

पाेखरा । प्रदेशमा पहिलाे पटक हुन गइरहेको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रमको क्रममा एन्फा कास्कीका अध्यक्ष समेत रहनु भएका तमु धि नेपालका आजिवन सदस्य तथा फुलवारी तमु समाजका अध्यक्ष तिलबहादुर गुरुङका छोरा मिलन गुरुङमाथि सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले गरेकाे कुटपिट घटनाप्रति तमु धिं नेपालको गम्भीर ध्यानाकर्षण भएको जनएकाे छ ।

कानुन बनाउने जिम्मेवार गण्डकी प्रदेसका सभा सदस्य राजिव गुरुङले कानुन हातमा लिदै गुरुङमाथि कुटपिटमा उत्रनु खेदजनक छ। आजिवन सदस्य मिलन गुरुङलाई कुटपिट मात्रै होइन त्यसपछि माननीय गुरुङले विभिन्न संचारमाध्यमहरुमा मात्र नभई पत्रकार सम्मेलन समेत गरी विधिको शासन तथा कानुनी राज्यको खिल्ली उडाउदै धाकधम्की दिनु झन आपत्तिजनक छ तमु धिं नेपालले बिज्ञप्ती प्रकाशित गरि भनेकाेछ ।
तमु धिं नेपालको क्षेत्रीय समाज फुलवारी तमु समाजका अध्यक्ष तिलबहादुर गुरुङको छोरा तथा तमु धिं नेपालका आजिवन सदस्य मिलन गुरुङलाई हातपात, कुटपिट गर्ने, धाक धम्की दिने माननीय राजीव गुरुङ(दिपक मनाङे)लाई तत्काकाल कानुनी कारवाही गर्न माग गर्दछौं।

जो रक्षक उही भक्षक जस्तो बनेका माननीय राजिव गुरुङले कानुनी राज मान्छन कि मान्दैनन्, उहाँ माननीय हो कि कानुन हातमा लिएर थप्पड हान्ने हाननीय बन्नुभएको हो प्रश्न उब्जिएको छ। सांसद राजिव गुरुङ हुन कि विगतकै दिपक मनाङे हुन ? यस घटनासँगसँगैको धाक धम्कीहरुबाट जनता त्रसित हुनुपरेको छ।

तमु धिं नेपालका काबा अध्यक्ष हुम बहादुर तमुद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएकाे छ’ कुटपिट घटनाका दोषी नउम्कोस, सर्बसत्ताबाद, धनवाद, गनवाद, डनवादको अन्त्यका लागि माग गर्दै दोषीलाई कानुन बमोजिम कारवाहीका लागि तमु धिं नेपाल पुनःजोडदार माग गर्दछ भनिएकाे छ ।

Advertisment