मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

पोखरा । मुक्तिनाथ विकास बैंक लि.र रेमिट टु नेपालबीच सम्झौता भएको छ । सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र रेमिट टु नेपालतर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Advertisment