पोखरा, ११ माघ
पोखरा ११ काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डला निर्माणस्थलको युकेका भुमिदानदाताहरुले शनिवार बिहान अवलोकन गर्नुभएको छ।
पोखराको समृद्धिका लागि नेपालकै गौरबको योजनाको रुपमा धर्मकाया बुद्ध मण्डला तथा विकास समितिले काँहुडाडामा विशाल भगवान बुद्धको मर्तिसहितको मण्डला निर्माणका लागि सहयोग गर्नुभएका भुमिदानदाताहरु युकेबाट नेपाल आगमनको क्रममा तमु धिं युकेका संस्थाहरु मिनप्रसाद गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष मिनप्रसाद गुरुङसहित चन्द्रमान गुरुङ, भोजबहादुर गुरुङ, सारदा गुरुङ, प्रकास गुरुङ, मुछेत्र गुरुङले अवलोकन गर्नुभएको हो।
उक्त अवसरमा दाताहरुलाई खादाद्धारा स्वागत गर्नुहुदै अध्यक्ष रुद्रकुमारी गुरुङ मैना र सदस्य तथा विदेश संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ निर्माणका लागि भइरहेको गतिविधी र पहलका बारेमा जानकारी दिनुभएको थियो।
भुमिदानदातालाई काहुंडांडामा स्वागत
January 26, 2020
992
Advertisment




