खादरजुङ्गमा बिधार्थीलाई स्वीटर बितरण, १२० जनाकाे आँखा परिक्षण

रबि भुषण पराजुली
पोखरा, माघ १२
सहयोगी नेपालले कास्कीको माछापुच्छ्रे गाँउपालिका–२ खादरजुङ्गकाे वाराही आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर बितरण गरेको छ । संस्थाले विद्यालयका नर्सरी देखी पाँच कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्विटर वितरण गरेको हो ।

यसैबीच विद्यालयमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरबाट विद्यालयका १२० जना विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक राम आचार्यले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ कास्कीका सह सचिव गणेशबहादुर ढकालको पहलमा आँखा शिविर गरिएको उनले बताए । शिविरमा आँखा जाँच गराएका मध्ये आँखामा अलिबढी समस्या भएका ४ जना विद्यार्थीलाई हिमालय आँखा अस्पतालमा थप उपचारका लागि रिफर गरेको उनले बताए ।

Advertisment