सशस्त्र प्रहरी बलका ५ एसएसपी डीआइजीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ५ एसएसपी डीआइजी बढुवा सिफारिस भएका छन्। सशस्त्रका रिक्त ५ डीआइजीका लागि १२ एसएसपी प्रतिस्पर्धामा थिए।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कृष्णभक्त ब्रम्हचार्य, बंशीराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेतलाई बढुवा सिफारिस गरेको छ।

सेनाबाट सशस्त्रमा आएका ४ मध्ये एसएसपी हरिश्चन्द्र अधिकारी बढुवा सिफारिसमा परेका छैनन्। सेनाबाट आएका कृष्णभक्त ब्रम्हचार्य एक नम्बरमा बढुवामा परेका छन । त्यस्तै सेना बाट अाएका बुढाथोकी र बस्नेत पनि बढुवा सिफारिसमा परेका छन्। नेपाल प्रहरीबाट आएका बंशीधर दाहाल र किशोर प्रधान बढुवा सिफारिसमा परेका छन् ।
फाेटाे-फाईल

Advertisment