राष्ट्रपति भण्डारी र कांग्रेस नेताहरु भेटघाट

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले पछिल्ला दिनमा मुलुकमा बढ्न थालेकाे राजनीतिक अस्थिरता लाई कसरी स्थिर बनाउन सकिन्छ भनेर चिन्ता लिनुभएकाे देखिन्छ ।
मुलुकलाई स्थायित्व बनाउनुपर्ने देखिएपछि राष्ट्र प्रमुखले सक्रियता देखाउनुभएकाे भएकाे हाे । देश प्रति चिन्ता लिन थाल्नासाथ केहीले भने राष्ट्रपति भण्डारीकाे अाचाेचना समेत गर्गन थालेका छन्त । गत बुधबार नेपाली कांग्रेसका केन्द्रीय तहका केही नेताहरुलाई शितल निवासमा डाकेर डेढघण्टा छलफल गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरु प्रदीप गिरि, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, डा. नारायण खड्का, डा.शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की र सुजाता कोइरालालाई बाेलाउनुभई मुलुकका बारेमा चिन्ता प्रकट गर्नुभएकाे हाे ।
शितल निवासमा डा.खड्का, डा.कोइराला, कार्की र सुजाता राष्ट्रपतिकाेमा जानुभएकाे थियाे भने काम बिशेषले उपत्यका बाहिर रहनुभएका कारण डा.महत,सिटौला र गिरि जानुभएकाे थिएन ।
करिब डेढ घण्टा लामो सो भेटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनमा चासो देखाउनुभएकाे बताइएको छ। कांग्रेस नेताहरुसंग राष्ट्रपति भण्डारीले संविधानको प्रस्ताबनामै समाजबादप्रति प्रतिबद्ध उल्लेख गरिएकोले त्यसबारे कांग्रेसको धारणा जान्ने रहर लागेर तपाईहरुलाई बोलाएको हुँ भनेर भन्नुभएकाे समाचार छ ।
यस अघि नेकपाकाे स्थायी समिति बैठक चलिरहंदा राष्ट्रपति भण्डारी बाट साे पार्टीका देश्राे तहका प्रभावशाली नेताहरुलाई यस्तै किसिमकाे भेटघाट गर्नुभएकाे थियाे ।
संविधान कार्यान्वयनलाई चासो देखाएको जस्तो गरे पनि राष्ट्रपति भण्डारीले समाजबाद उन्मुख अर्थतन्त्रलाई कसरी अघि बढाउने भनेर पछिल्लो समय निक्कै चिन्ता र चासाेका साथ भेटघाट र छलफल अघि बढाईरहनुभएकाे छ ।
मन्त्रिमण्डल पुनर्गठनका बेला होस् या सभामुख चयनका बेला नै किन नहोस् प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवास बोलाएर गलत मानिस हाबी नहाेस भनी सचेत गराउनुभएकाे थियाे ।
फाेटाे – एजेन्सी

Advertisment