काेरिया बस्ने थकालीले मुस्ताङमा बांडे न्यानाे कपडा

अन्तिम पौडेल
१९,माघ । दक्षिण कोरिया थकाली सेवा समाजको सहयोगमा आज उपल्लो मुस्ताङका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

अत्यधिक जाडो र पठन–पाठनमा समस्या हुने भएपछि उपल्लो मुस्ताङका अधिकांश विद्यार्थी र मानिसहरु बेँशी झर्ने गरेका छन् । विशेष गरी उपल्लो मुस्ताङका विद्यार्थीहरु घुम्ती विद्यालयको रुपमा पोखरा,हेम्जा आसपासका क्षेत्रमा जानुपर्ने बाध्यता हालसम्म रहिआएको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै शनिबार उपल्लो मुस्ताङको सामुदायिक घुम्ती बिद्यालय र राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

यस कार्यक्रमका संयोजक समाजसेवी बिकल शेरचनले यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद ज्ञापन समेत दिनुभएको थियो शेरचन बिगत देखी नै सामाजिक क्षेत्रमा सकृयरुपमा सरिक हुनुहुन्छ ।

Advertisment