कांग्रेस केन्द्र महाधिवेशनकाे तयारीमा,यस्ताे छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेस भित्र लामाे रस्साकस्सी,बादबिबाद, बैठक बहिष्कार सम्मकाे स्थितिलाई पार गर्दै अन्तत् २०७७ फागुन ७ देखि १० सम्म राजधानी काठमाडौंमा चौधौं महाधिवेशन सम्पन्न गर्ने भएकाे छ । महाधिवेशन लाई भब्यताका साथ सफल बनाउन यतिबेला नेपाली कांग्रेस जुटेको छ ।
संविधानअनुसार वडा समिति, पालिका समिति, प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्रीय समिति समायोजनको काम करिब करिब टुंगिएको छ । मंसिर मसान्तभित्र यो काम सक्ने भनिए पनि केही ठाउँमा विभिन्न विवादका कारण काम बाँकी छ । यो काम यही माघ मसान्तभित्र सक्ने निर्णय नेपाली कांग्रेसले गरिसकेको छ ।

समायोजनको काम सकिनेवित्तिकै क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम सुरु गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ । महाधिवेशनका लागि सबैभन्दा जटिल तथा समय धेरै लाग्ने भनेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि हो । त्यसैले यो कामका लागि पनि नेपाली कांग्रेसले समय तालिका नै बनाएको छ । जसअनुसार फागुन र चैतभित्रमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम सम्पन्न हुनेछ । वैशाख मसान्तभित्र सदस्यताको सूची केन्द्रीय समितिमा आइपुग्नुपर्नेछ । नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि २०७७ जेठ १५ गतेभित्र निर्धारण गरिएको छ । जेठ मसान्तभित्र उजुरीउपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नु पर्नेछ ।

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नुपर्ने अवधि २०७७ असार १५ गतेभित्र तोकिएको छ । उजुरी÷पुनरावेदनउपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नुपर्ने अवधि साउन १५ गतेभित्र तोकिएको छ । नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधिसाउन २५ गतेभित्र तोकिएको छ । केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधिसाउन मसान्तभित्र तोकिएको छ ।
केन्द्रिय निर्वाचन समितिले कात्तिक १६ देखि अधिवेशन प्रारम्भ गर्ने छ । जसअनुसार गाउँ÷नगर वडा अधिवेशन कात्तिक १६, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८ । प्रदेश सभा क्षेत्रीय अधिवेशन कात्तिक २१ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मंसिर २९ गते तोकिएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे बोलाइएको छ । साे बैठकले नेपाल तरुण दलमा रिक्त रहेका स्थानकाे पदपुर्ति, नेबिसंघकाे पदपुर्तिका साथै पार्टीकाे बिभिन्न बिभागहरु गठन गर्ने तयारीमा रहेकाे कांग्रेसका एक नेताले जनाएका छन् ।

Advertisment