अमेरिकाकाे लंगआईलेण्डमा रक्तदाताकाे जमघट हुँदै

अमेरिका । बिदेशमा रहेर पनि बिभिन्न लाेककल्याणकारी काममा सकृय रहंदै अाएकाे नेपाली जनसंपर्क समिति लंगआईलेण्ड शाखाको आयोजनामा विगत वर्ष हरू झैं यस पटक पनि आगामी फेबवरी ९ तारिख आईतवारको दिन रक्तदान गर्ने भएकाे छ ।
न्यूयोर्कको हिक्सभिल स्थित व्रोडवे मलमा अायाेजना गरिएकाे वृहत रक्तदान कार्यक्रम मा बिभिन्न क्षेत्रबाट मानिसहरु सहभागी हुने भएको छ ।
रक्तदानमा लंगआईलेण्डको सफक र नासु काउन्ट्रीका अतिरिक्त न्यूजर्सी,न्यूयोर्क क्षेत्र वरपरका रक्तदाताहरू,
जनसम्पर्क सँग सम्वद्व नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरू साथै विभिन्न क्षेत्रका क्रियाशिल समाजसेवी एवं समाजका अगुवाहरू सहभागी हुने नेपाली जनसंपर्क समिति लंगआईलेण्ड शाखाका अध्यक्ष बिश्वराज बास्ताेलाले जानकारी दिएका छन् ।

Advertisment