तरुण दलले बितरण गरयाे् न्यानाे कपडा

अन्तिम पौडेल
माघ,२५ पोखरा
नेपाल तरूण दल, मुस्ताङको आयोजनामा लोमान्थाङ गाउँपालिका वडा नं. २ स्थिति श्री दिब्यदीप माध्यमिक विद्यालय, श्री बालकल्याण आधारभूत विद्यालय र श्री समजुङ आधारभूत विद्यालयमा अध्ययनरत ८५ जना विद्याथी॔ बाबु नानीहरूलाई न्यानाे कपडा बितरण गरेकाे छ ।
एननआरएनए द.कोरिया र जनसम्पक॔ समिति द.कोरियाका दाजु-भाई, दिदी-बहिनीहरु बाट प्राप्त आथि॔क सहयोगमा न्यानो ज्याकेट बितरण गरेकाे हाे ।
कार्यक्रमका संयोजक समाजसेवी बिकल शेरचनले यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद ज्ञापन समेत गरेका थिए । शेरचन बिगत केहि समय देखी सामाजिक क्षेत्रमा सकृय रहंदै अाएका छन् ।

Advertisment