मृगौला पिडित अर्जुनद्धारा सहयोगका लागि अपिल

भुपाल गुरुङ
पोखरा, २ फागुन ।

दुवै मृगौलाले काम गर्न छाडेपछि स्याङजाको विरुवा गाउपालिका वडा न. ७ किउखोलाका ४० वर्षिया सुक बहादुर दमै (अर्जुन) ले सहयोगका लागि आग्रह गरेका छन् ।

हाल वालिङ नगरपालीका ९ भुम्रेबस्दै आएका अर्जुनको दुवै मृगौला फेल भई हाल पोखरामा डाइलोसिस गर्नुपर्ने भए पछि आर्थीक सहयोग गरेर जिवन रक्षा गरिदिन सबै संग अपिल गरेका हुन् । १२ वर्ष सम्म खाडी मुलुकमा काम गरेर परिवार पाल्दै आएका उनि मृगौला रोग लागेपछि गत वर्ष नेपाल फर्किएका थिए । नियमित डाइलोसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने अस्पतालले भनेपनि परिवारको आर्थीक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न सकेका छैनन् ।
विदेशमा काम गरेर पारिवरिक गुजारा चलाउदै आएका पिडित अर्जुनको जिवन रक्षार्थ देश विदेशमा रहेका नेपाली संग आर्थीक सहयोगका लागि उनका धर्मपत्नी मिठु दमैले अपिल गरेकी छिन् । हप्तामा तिन पटक डाइलोसिस गर्नुपर्ने चिकित्सकको सुझाव भएपनि आर्थीक अभाव कै कारण गर्न नसकेको उनि बताउँछिन । दुई छोरा र एक छोरीको बुवा समेत रहेका अर्जुनको मृगौला प्रत्यारोपणका लािग करिव २० लाख लाग्ने चिकित्सकले बताए पनि रकम अभावका कारण पकृया अगाडि बढाउन नसकेको बताइन् । पछिल्लो समय एक साता देखि गण्डकी मेडिकल कलेज पृथ्वीचोक पोखरामा उपचार गरिरहेका अर्जुनलाई सहयोग गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले प्रत्यक्ष अस्पताल मै गएर दिन सक्ने परिवारजनले जनाएको छ ।

Advertisment